बिहीबार सुनको मूल्यमा भारी गिरावट

काठमाडौंं - बिहीबार सुनचाँदीको भाउमा गिरावट भएको छ । साउन २६ गते सुन तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको छ ।यस दिन छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा झरेको छ ।

अघिल्लो कारोबार दिन, सुन तोलामा २०० रुपैयाँले उकालो लाग्दा प्रतितोला ९७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।पछिल्लो केहि समययता सुनचाँदीको मूल्यमा उतारचढाव जारी रहेको छ । सोहि क्रममा मंगलबार र बुधबार बढेको सुन बिहीबार भने घटेको हो ।

यी दुई दिनमा सुन प्रतितोला ८०० रुपैयाँले महंगिएको थियो ।चाँदीको मूल्य निरन्तर दोश्रो दिन पनि घटेको छ । बिहीबार चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २२५ रुपैयाँमा झरेको छ ।


बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया