बैशाखमा स्थानीय निकायको चुनाव हुने सम्भावना बढ्यो

काठमाण्डौ । सरकारमा सहभागी राजनीतिक दलहरू आँउदो बैशाखमा चुनाव गर्न समहत भएका छन । यो सँगै चुनाव हुने सम्भावना बढेको छ । 

सत्ता गठबन्धनको आज बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।


‘सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएका छन । सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।


स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअघि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ ।

प्रतिक्रिया