सबैभन्दा धेरै तलब खाने बैंकका सिइओ, जसको तलब वार्षिक चार करोड


काठमाडौं–नेपालमा गरिवी छ । बेरोजगारी पनि छ । नेपालीको आर्थिक हैसियत धेरै माथि उठेको छैन । सरकारी उच्च पदस्थ अधिकारीको मासिक तलब पनि लाख पनि पुग्दैन ।तर,नेपालमा बैंकमा काम गर्न कर्मचारीको तलब आकर्षक छ । बैंकको नेतृत्व सम्हाले प्रमुख कार्यकारी अधिकृत(सिईओ)को तलब भने रहर लाग्दो छ । बैंकका सिइओले वार्षिक अधिकतम करिव चार करोड रुपैयाँ तलब सुविधा लिन्छन् । 


 बैंकहरु मध्ये सबैभन्दा धेरै तलब, सुविधा दिने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंकका सिइओले वार्षिक करिव चार करोड रुपैयाँ हाराहारीमा तलब सहितको सुविधा बुझ्छन् । आर्थिक वर्ष २०७६÷७७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीइओ अनिरभन घोस दस्तिदारलाई बैंकले ३ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ । तलब सहित सबै सुविधा बापत उक्त रकम खर्च गरेको हो । यो रकम अहिले वाणिज्य बैंकका सीइओहरुले पाउनेमध्येको सबैभन्दा धेरै हो । आर्थिक वर्ष ०७७÷७८को विवरण सार्वजनिक भएको छैन । यो रकम अझ बढ्छ । स्ट्यान्डर्ड चार्टर्डमा विदेशी लगानी रहेकाले यसका सिइओ पनि विदेशी छन् ।

बैंकहरु मध्ये दोस्रो धेरै तलब सुविधा दिने प्रभु बैंक र तेस्रोमा इन्भेष्टमेन्ट बैंक रहेको छ ।

प्रतिक्रिया