स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस आज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा हुने भएको छ। लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादीका रूपमा अदालतमा उपस्थित भएका हुन्।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेमाथि तीन महिनासम्म अनुसन्धान र थुनछेक बहस भएको थियो। उक्त प्रकरणमा न्यायाधीश नितीज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

स्वर्णलक्ष्मी सहकारी प्रकरणका सम्बन्धमा थप कानुनी प्रक्रिया आजको बहसपछि अगाडि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया