• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

साताको अन्तिम दिन बिहीबार पनि घट्यो नेप्से

पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । हिजाे (बुधबार) पनि सेयर बजारमा सामान्य गिरावट देखिएकाे थियाे । हिजाेकाे तुलनामा काराेबार रकम भने ह्वात्तै घटेकाे छ । हिजाे सेयर बजार ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झर्दा ४ अर्ब ५८ करोड ८३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।

 

पूँजी बजारमा निरन्तर विभिन्न व्यक्ति र नियामक निकायहरूबाट प्रहार भइरहँदा सेयर बजार घटेकाे लगानीकर्ता सिद्धार्थ पन्तले बताए । उनी भन्छन्, "बजार अलिकति बढ्न खाेज्याे भने कतै न कतैबाट बजारलाई प्रहार भइहाल्छ । 

यस्ताे हुँदा हामी लगानीकर्ताकाे मनाेबल घट्दै गइरहेकाे छ । त्यसैले अहिले बजार घटेकाे हाे ।" उनले थपे, "बजारमा तरलताकाे अभाव पनि कायमै छ । यदी अहिलेकाे अवस्थामा नियामक निकायहरूले सेयर बजारकाे विकासका लागि केही पहल गर्ने हाे भने लगानीकर्ताकाे मनाेबल बढ्छ र बजारमा पनि सकारात्मक माहाेल बन्छ।" 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेकाे छ । नेप्से १.५७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको छ । 

 

कूल २२४ वटा कम्पनीकाे ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

प्रतिक्रिया