रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं । पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक तथा प्रखर वक्ता एवम् अहिले Galaxy4k बाट लाल मोहर जस्तो चर्चित कार्यक्रम चलाईरहनु भएका आदरणीय रमेश प्रसाईं सर र उहाँकी धर्मपत्नी नन्दा लाई यत्ती राम्री पुत्री लाभ भएको छ ।
उहाँहरु दुबै जनाको दृष्टि बनेर आएकी गुडियालाई जन्मदिनको शुभकामना सहित आमाबाबा बन्नु भएकोमा हाम्रो हार्दिक बधाई तथा सुभकामना ।
रमेशमा भएको धारावाहिक प्रवचन गर्न सक्ने कलाले सबैलाई आकर्षित गर्दै आएका छन् । उनी सामाजिक विषयदेखि राजनीति तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएका विषयहरुमा सटिक टिप्पणी गर्छन् ।शारीरिक अपाङ्गता भएका उनले सामाजिक संजालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्छन् । उनले सामाजिक संजालमा कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफू भित्रको कुण्ठा बाहिर आउने बताउँछन् ।