अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणमा शुल्क

काठमाडौँ । अबदेखि अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न दर्ता र नवीकरण दुवैका लागि शुल्क तिर्नु पर्ने भएको छ। सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै यो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार अनलाइन सञ्चारमाध्यम दर्ता गर्न पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। त्यस्तै, प्रत्येक आर्थिक वर्षमा अनिवार्य रूपमा हुने नवीकरणका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ।

पहिले जिल्ला प्रशासन कार्यालयमार्फत हुने दर्ता तथा नियमन प्रक्रिया अब सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था गरिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो संशोधनको निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नियमावली कार्यान्वयनमा ल्याएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय