आइपीओमा आकर्षण घट्दै, पिपुल्स हाईड्रोको शेयरमा न्यून आवेदन

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको शेयरमा ६ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ४ः०३ बजेसम्ममा ६ लाख २१ हजार २५२ जना आवेदकबाट ७५ करोड ३० लाख रुपैयाँ बराबरको ७५ लाख ३० हजार कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको १.४६ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

यस अघिका शेयरहरुमा २ दिन मै अत्याधिक आवेदन पर्ने गर्थ्यो तर पछिल्ला समय भने शेयर आवेदन बिस्तारै घट्दै गएको देखिएको छ । तुलनात्मक रुपमा यो कम्पनीको शेयरमा पनि माग बन्द धेरै आवेदन परे पनि अत्याधिक आवेदन परेको छैन् । 

प्रतिक्रिया