ललितपुरका केही स्थानमा आज विद्युत् कटौती

नेपाल विद्युत् प्राधिकरणले ललितपुरका केही क्षेत्रहरूमा आज विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गतका भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, झम्सिखेल र अरूण थापा चोक क्षेत्र प्रभावित हुनेछन्।

प्राधिकरणका अनुसार, पाटनस्थित १३२ केभी सबस्टेशनमा प्राविधिक मर्मत कार्य गर्नुपर्ने भएकाले आज दिउँसो १२ बजेदेखि २ बजेसम्म ती स्थानमा विद्युत् कटौती गरिनेछ। निर्धारित समयभित्र काम सकेर यथाशीघ्र विद्युत् आपूर्ति पुनः सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। साथै, विद्युत् कटौतीका कारण ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचनासमेत गरेको छ।

प्रतिक्रिया