सौर्य विुद्यत उत्पादक संघको स्थापना दिवस सम्पन्न

काठमाडौं–नेपाल सौर्य विुद्यत उत्पादक संघले विविध कार्यक्रम सहित २१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले उज्यालो नेपाल कार्यक्रममा संघले सहयोग गर्नुपर्ने बताए । नेपाल सौर्य विुद्यत उत्पादक संघका अध्यक्ष ईन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिव भरत कुमार मल्लले गरेका थिए । 


कार्यक्रममा नविकरणीय उर्जा परीसंघका अध्यक्ष गुराज ढकाल ,वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र सोलार शाखा प्रमुख डा. लक्ष्मण घिमिरे, संघका निवर्तमान अध्यक्ष किरण गौतमm पूर्व अध्यक्ष नविन भुजेल र दिपक बहादुर शाही लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका कोषाध्यक्ष दीपक गौतमले जानकारी दिए ।


 

प्रतिक्रिया