थ्री स्टार हाइड्रोपावरले आईपीओ जारी गर्ने


काठमाण्डौं– थ्री स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।


थ्री स्टारले १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेको छ । 
धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ । थ्री स्टारको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया