के तपाईंसँग विकास बैंकको शेयर छ ? यी हुन् राम्रो नाफा कमाउने उत्कृष्ट बैंक

काठमाडौं -  बैंक तथा वित्तीय संस्थाहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । 

सोही क्रममा हाल विभिन्न १० वटा विकास बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हालसम्म सांग्रिला, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, शाईन रेसुंगा, ज्योति, कामना सेवा, मितेरी, सिन्धु र लुम्बिनी विकास बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।जसमा मुक्तिनाथ विकास बैंकको नाफा घटेपनि सबैभन्दा बढि नाफा आर्जन गर्ने बैंक बनेको छ । त्यस्तै, लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको नाफा पनि बढेको छ ।

राष्ट्रियस्तरका विकास बैंकहरूले ६ महिनामा ३ अर्ब २० करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४६ करोड २२ लाख रुपैयाँले बढीनाफा आर्जन गरेका हुन् । कामना सेवा विकास बैंकको ११.८९ प्रतिशत र मुक्तिनाथ विकास बैंकको २.१४ प्रतिशत नाफा घटेको छ । तर पनि बैंककोहरुको नाफामा उल्लेख्य रुपमा बृद्धि भएको हो ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा सांग्रिला डेभलपमेन्ट बैंकको ५८.८६ प्रतिशत बढेको छ । यता रकमका आधारमा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकको ६० करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । राष्ट्रियस्तर, बाहेकका सिन्धु विकास बैंकको नाफा ३ करोड ५५ लाख रुपैयाँ र मितेरीको ६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया