धनि र गरिव विचको प्रेमलाई गणेशले कलात्मक रुपमा गीतमा उतारे यसरी - भिडियो सहित

काठमाण्डौ । उत्कृष्ट गीत सिर्जना मार्फत दर्शक स्रोताको मन जित्न सफल लोकप्रिय सर्जक तथा कुशल गायक गणेश अधिकारीले आवाज दिएको नयाँ गीत महलमा बस्ने मायालु भर्खर मात्र सार्वजनिक भएको छ । 

गरिव प्रेमि र धनि प्रेमीका विचको सम्बन्धलाई गीतले निकै कलामत्मक रुपले गीतमा उठाएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । 

गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको गीतमा गणेशलाई आवाजमा बर्षा लम्सालले साथ दिएकी छन । गीतका हरेक शब्द निकै मन छुने खालका छन भने भिडियोमा समेत निकै मेहनत गरिएको छ । गीतको म्युजिक भिडियो निर्देशन आशिर प्रताप जंगले गरेका छन भने समिर न्यौपाने,एलिना रायमाझी र सुरेन्द्र लामिछानेको अभिनय रहेको छ । 

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरु आइरहेको गायक अधिकारीले हामीलाई बताउनु भयो । 

 

प्रतिक्रिया