‘भुल परेँ दाइ म त’ ले तीजको झल्को दियो,गीत चर्चामा

काठमाडौं । इनेपाल रोधिघरले सार्वजनिक गरेको यस वर्षको तीज गीत ‘भुल परेँ दाइ म त’ छोटो समयमै युट्युब लगायत सामाजिक सञ्जालहरूमा चर्चामा आएको छ।

लाइभ दोहोरीमार्फत दर्शकमाझ लोकप्रिय बनेको इनेपाल रोधिघरले दोहोरी गीतको पनि सार्वजनिकता बढाउँदै आएको छ। यही क्रममा सार्वजनिक गरिएको तीज गीतले दर्शकको उल्लेखनीय ध्यान खिच्न सफल भएको निर्माता राजन क्षेत्रीले प्रतिक्रिया दिएका छन्।

सामाजिक विषयवस्तुमा आधारित उक्त गीतमा शब्द बालकुमार श्रेष्ठको रहेको छ भने लय माया गुरुङले तयार पारेकी हुन्। गीतमा माया गुरुङ, रवि कार्की, सुमन परियार, श्याम राना, बालकुमार श्रेष्ठ, सिता श्रेष्ठ, अस्मिता डल्लाकोटी, शक्ति कुमार गोदार, रेनुका भट्टराई, सुस्मिता क्षेत्री र नवराज काप्रीको स्वर रहेको छ।

गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन विष्णु शर्माले गरेका छन्। भिडियोमा गीत गाउने कलाकारहरूलाई नै देखाइएको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय