कस्तुप पन्तको नयाँ गीत चर्चाको शिखरमा

पर्वतमा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि अनवरत यात्रा गरिरहेका लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तले सिर्जना गरेको नयाँ गीत हालै सार्वजनिक भएको छ।

सार्वजनिक भएको छोटो समयमै उक्त गीतले दर्शक–श्रोताको मन जित्न सफल भएको छ। आधुनिक र लोकविधा दुवैमा दक्ष कलम चलाउने पन्तको यसपटकको गीतले दर्शकलाई छमछमी नचाएको छ।

कस्तुप पन्तको लय तथा शब्द सिर्जनामा तयार भएको सो गीतमा राजु परियार र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ। गीतले मायाप्रेमलाई विषयवस्तु बनाएको छ।

उत्कृष्ट नृत्यसहित प्रस्तुत गरिएको सो गीतमा सुधीर श्रेष्ठ र चाहाना रानाले अभिनय गरेका छन्। गीतको निर्देशन दीप गुरुङले गरेका हुन्।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय