बिहीबारको कारोबारमा ४ सयले बढयो सुनको मूल्य

काठमाडौ– बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यसैगरी, बुधबार तेवाजी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९७ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा बिहीबार १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया