गणेश अधिकारीको सहकार्यमा निखारिदै युवा सर्जक जीवन कँडेल,"लाली जोवनले"मा उत्कृष्ट शब्द र लय

काठमाण्डौ । गीत सङ्गीतमा लागेको छोटो समयमै लोकप्रिय सर्जक जीवन कँडेलले उत्कृष्ट सिर्जना गर्न सक्षम भएका छन । उनको पछिल्लो गीत लाली जोवनले बोलको गीत सुनेपछि यो अनुमान गर्न अझ सहज हुन्छ । 

चर्चित गायक गणेश अधिकारीसँग निरन्तर सहकार्य गर्दै आएका कँडेलले यस अघि एक दर्जन हाराहारी गीतहरू सिर्जना गरिसकेका छन । यो पटक उनले आफ्नो गीतमा शब्द तथा लय सिर्जनामा अझ निखारिएको पाउन सकिन्छ भने आवाज गणेश अधिकारी र सुनिता बुढाको आवाज समेत निकै मेल खाएको छ । 

थोरै तर स्तरीय सिर्जना गर्ने कँडेलले टुहुरो जीवनबाट गीत सङ्गीतमा यात्रा सुरु गरेका हुन । अहिले जापान रहेका उनले निरन्तर गीत सार्वजनिक गर्दै आएका छन । दर्शक स्रोताको माया र हौसलाले आफूलाई निरन्तर कलम चलाउने मद्दत गरेको उनको भनाई छ । 

माया प्रेमलाई विषय बनाइ तयार पारिएको कँडेलको पछिल्लो गीतको भिडियो भने निर्देशक स्मृति तिमिल्सिनाले गरेकी हुन भने जीवन साथी युउटुव च्यानलबाट गीत सार्वजनिक गरिएको छ । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतमा रविन सिँह ठकुरी,रुविना अधिकारी र वर्षा लम्सालले अभिनय गरेका छन । 

 

प्रतिक्रिया