गायक बद्री पंगेनी भन्छन् - यो देश बन्दैन युवा फर्केर नआए

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा सदाबहार चर्चित गायकको रूपमा बद्री पंगेनीलाई लिने गरिन्छ। माया, प्रेम, बिछोड वा समाजका यथार्थ घटना बोलिने गीतहरूमा पंगेनी अब्बल मानिन्छन्।

भर्खरै उनले सन्देशमूलक गीत ‘युवा तिमी’ सार्वजनिक गरेका छन्। यो गीतले वैदेशिक रोजगारको बढ्दो प्रवृत्तिले नेपाली युवाहरूको पलायनलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतको मुख्य सन्देश भनेको ‘युवाहरू फर्केपछि मात्र देशको विकास सम्भव हुन्छ’ भन्ने रहेको छ। त्यसैले उनी युवाहरूलाई स्वदेशमै केही गर्न प्रेरित गर्छन्।

गीतको शब्द नारायण ज्ञवालीले र लय गोविन्द पंगेनीले तयार गरेका छन्। गीतको अडियो र भिडियो दुवै पक्ष उत्कृष्ट बनेको छ भने निर्देशन गायक स्वयं बद्री पंगेनीले गरेका छन्। भिडियोमा पूजा पौडेल, क्षितिज गिरी, सन्देश चापागाईं, पूजा, र बिपी मल्ल ठकुरीले अभिनय गरेका छन्।

 

प्रतिक्रिया