एमसीसी संसदमा टेबल भएकोमा निजीक्षेत्रद्वारा स्वागत


काठमाडौं–मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा ल्याउन माग गर्दै आएको निजी क्षेत्रले एमसीसी संसदमा टेबल भए पछि स्वागत गरेको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आइतबार एक विज्ञप्ति प्रकाशित गरी एमसीसी परियोजना कार्यान्वयनमा आए नेपाल र अमेरिकाबीचको ७५ बर्ष लामो सम्बन्ध थप मजबुद हुने बताएको छ । 


सन् २०२६ देखि नेपाल विकासिल राष्ट्रको सूचीमा सुचिकृत हुने भएकाले नेपालको उत्पादन अमेरिका निर्यात गर्न सहयोग पुग्ने दाबी छ । परिसंघले सम्झौता संसदबाट अनुमोदनका लागि आवश्यक पहल गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य दललाई धन्यवाद दिएको छ । 


दीगो विकासका लक्ष्य हासिल गर्न र कोभिड पश्चातको आर्थिक पुनरोत्थानका लागि ठूलो लगानी चाहिएको भन्दै एमसीसी जस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक रहेको परिसंघको धारण छ ।
 

प्रतिक्रिया