सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ४ हजार ६ सय ७२ जनालाई शेयर

साउन १६ गते, बुधबार, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट सम्पन्न भएको छ। कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ८ बजे एफपीओ बाँडफाँट गरिएको हो।

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको थियो। यसमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन परेका थिए। जसमध्ये १ हजार १०१ आवेदन रद्द भएका छन् भने १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएका छन्।

स्वीकृत आवेदनमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको कुमारी क्यापिटलले जनाएको छ। त्यसरी बाँडफाँट गर्दा शेष रहेको ९.५४५ कित्ता शेयरमध्ये ९ जनालाई एक कित्ताका दरले र एक जनालाई ०.५४५ कित्ता (मिलान गरेर १ कित्ता) शेयर बाँडफाँट गरिएको छ।

प्रतिक्रिया