इन्धन मूल्यको असरः सार्वजनिक यातायात भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । इन्धनको मूल्यमा आएको उतारचढाव तथा अन्य आर्थिक सूचकहरूलाई आधार बनाएर नयाँ भाडादर लागू गरिएको हो।

नयाँ निर्णयअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। त्यस्तै, मालवाहक सवारीतर्फ पहाडी मार्गमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।

सम्बन्धित निकायका अनुसार इन्धन मूल्यमा आएको परिवर्तन नै भाडा वृद्धिको प्रमुख कारण हो। यससँगै अब यात्रुहरूले यात्रा गर्दा र सामान ढुवानी गर्दा नयाँ दरअनुसार बढी शुल्क तिर्नुपर्ने भएको छ।

प्रतिक्रिया