काठमाण्डौ - नेपाली हिन्दुहरुको महान पर्व हरितालीका तीज नजिक नजिक आँउदै छ । यो पर्व विशेष गीत संगीतको पर्व पनि हो । परापूर्व कालदेखि नै तीज र गीत जोडिएका छन ।
नेपालमा पछिल्लो समय तीज गीतको परिभाषा केहि फेरीएको छ तर निरन्तरता भने पाइरहेको छ । तीजकै कुरा गर्दा पछिल्ला केहि बर्षमा आफ्ना तीज गीत मार्फत दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन प्रेम सापकोटा सोनु ।
बागलुङमा जन्मिएका सोनु अहिले जापानमा रोजगारीमा छन । जापान जस्तो अति ब्यस्त हुनु पर्ने ठाँउमा रहेर पनि उनले निरन्तर गीत संगीतमा कलम चलाइरहेका छन । सिर्जना,गायन र अभिनय सबै विधामा अव्बल सोनुले सिर्जना गर्ने हरेक गीतमा मौलिक पन र उत्कृष्टता पाइन्छ ।
यसै विच यो बर्षको लागि तीज गीत घरबारी भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा लय तथा शब्द सिर्जना प्रेमको आफ्नै रहेको छ भने उनलाई आवाजमा शान्ता जिसीले साथ दिएकी छन । गीतको अडियो र भिडियो पक्ष दुवै दमदार रहेको छ ।
गीतमा रामजी खाँण र अनु पराजुलीको अभिनय रहेको छ । गीतलाई अहिलेका चर्चित निर्देशक प्रकास भट्टले निर्देशन गरेका छन ।