• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

शेयर बजारमा सतकको बृद्धि, कारोबार रकम ११ अर्वमाथि

काठमाण्डौ - शेयर बजारमा आज फेरी रौनक आएको छ । साताको पहिलो दिन ९७ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । 

नेप्सेसँगै कारोबार रकम पनि बढेर ११ अर्व माथि पुगेको छ । 

कारोबार भएका २२१ कम्पनीहरुमा १७४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने नेप्सेका अधिकांस उपसूचकहरुमा हरियाली छाएको छ । ८ कम्पनीहरुको शेयर मूल्य घट्दा १ कम्पनीको मात्र शेयर मूल्य यथावत रहेको छ । 

वीमा कम्पनीहरुको उपसूचक सबै भन्दा धेरै बृद्धिहुँदा मञ्जुश्री फाइनान्सको सबै भन्दा धेरै कारोबार भएको छ । 

५ कम्पनीहरुको शेयर मुल्यमा सर्किट लेवलमा कारोबार हुँदा एक लाख १६ हजार भन्दा धेरै पटक कारोबार भएको छ । 

प्रतिक्रिया