नेप्से ४४.४५ अंकले बढ्दा कारोबार रकम घट्यो

काठमाडाैं - सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा पुगेको छ, जसले बजारमा १.८० प्रतिशतको वृद्धि देखाएको छ। 

आइतबार २२ अंकले घटेको बजारमा सोमबार भने वृद्धि भए पनि कारोबार रकम भने घटेर ३ अर्ब ७१ करोड ५३ लाख ६० हजार रुपैयाँमा सीमित भयो। यो नेप्से ३ हजार विन्दु पुगेयताकै न्यून कारोबार हो। आइतबार भने कारोबार ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको थियो।

सोमबार ९७ लाख १७ हजार ९५९ कित्ता सेयरको कारोबार भएको छ, जसमा २१० कम्पनीका सेयर मूल्य बढेका छन्, ३३ कम्पनीका सेयर मूल्य घटेका छन् र १ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल ३१९ वटा कम्पनीको सेयर कारोबार भएको थियो भने ५० हजार ६८० पटक किनबेच भएको तथ्यांक छ। म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली देखिएको छ। म्युचुअल फण्ड समूह ०.६० प्रतिशतले घटेर २०.३४ विन्दुमा झरेको छ।

 

सोमबार सबैभन्दा बढी फाइनान्स समूह ४.१९ अंकले बढेर २८२६.०२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूह ०.७१ प्रतिशतले बढेर १२६६७.१७ विन्दुमा पुगेको छ।

अन्य समूहहरूको वृद्धिः

वाणिज्य बैंक समूह १.१८ प्रतिशतले

विकास बैंक समूह १.९३ प्रतिशतले

होटल तथा पर्यटन ३.२८ प्रतिशतले

जलविद्युत् १.२२ प्रतिशतले

लगानी समूह २.४५ प्रतिशतले

जीवन बीमा १.७८ प्रतिशतले

उत्पादन तथा प्रशोधन ३.८५ प्रतिशतले

लघुवित्त १.८५ प्रतिशतले

अन्य समूह २.३७ प्रतिशतले

ट्रेडिङ समूह १.५२ प्रतिशतले

 

 

प्रतिक्रिया