शेयर बजारमा सुधार, साताको दोश्रो दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौंँ - साताको दोस्रो दिन आएर शेयर बजारमा सुधार आएको छ । केहि दिन देखि निरन्तर ओरालो लागेको शेयर बजारमा सोमबार भने सुधार आएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अकंले बढेर १९०२.२८ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँको कारोबार भएको हो ।


आइतबार नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत लाभांश दिन घोषणा गरेसँगै कम्पनीको शेयर आज २१ करोड ३२ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, कुमारी बैंकको प्रोमोटर शेयरको १० करोड ९८ लाख ७८ हजार रुपैयाँ, शिवम सिमेन्टको ६ करोड २१ लाख ७७ हजार, आशा लघुवित्तको ५ करोड ९३ लाख रुपैयाँ र हिमालयन डिस्टलरीको ४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया