गायिका लक्ष्मी खड्काको नयाँ गीत "आँसु उपहार"

काठमाडौं। लोकप्रिय गायिका लक्ष्मी खड्काको आवाज रहेको नयाँ गीत "आँसु उपहार" सार्वजनिक भएको छ। यस गीतमा विवस गोर्खालीको लय तथा शब्द सिर्जना रहेको छ ।

गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ। यस गीतले प्रेम र मायामा छुट्टिएका जोडीहरूको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ। गीतका बोल रचनाकारले उत्कृष्ट रूपमा सिर्जना गरेका छन् भने लय तथा संगीत पनि मनमोहक छ। गायिका लक्ष्मी खड्काले आफ्नो सुमधुर आवाजले गीतलाई अझ बढी मिठास दिएकी छन्।

गीतको म्युजिक भिडियोको निर्देशन निशान बाँनीयाले गरेका छन् भने स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन्।

 

प्रतिक्रिया