काठमाडौँ : नेपाली गायन क्षेत्रमा चर्चित गायक सुर्य खड्काले जापानमा रहेर पनि निरन्तर नेपाली दर्शकहरुलाई मौलिक गीतहरु पस्कदै आइरहेका छन्। नेपाल आएको मौकामा उनले नयाँ गीत "गाँउले पाराले" सार्वजनिक गरेका छन्।
उत्कृष्ट शब्द र लय सिर्जना रहेको गीत खड्काले आँफैले लेखेका हुन्। गीतले गाँउका युवायुवतीको माया प्रेमलाई विषय बनाइएकाे छ। खड्कालाई गीतमा आवाजमा शान्ति श्री परियारले साथ दिएकी छन्। गीतको संगीत संयोजन याम थापा मगरले गरेका छन्।
गीतको भिडियो पनि मनमोहक नृत्य सहित निकै दमदार बनाइएको छ। गीतलाई जीवन कुमार ज्ञवालीले निर्देशन गरेका छन् भने लोमश शर्मा, सुर्य खड्का, साया भण्डारी र नारायणी खत्रीले अभिनय गरेका छन्।