• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • बजार ,
  • अर्थतन्त्र

मनकामना स्मार्ट लघुवित्तकाे आइपीओ आजबाट निष्कासन,कति कित्ता दिने आवेदन

काठमाडौं - देशको अवस्था सामान्य भएसँगै नयाँ नयाँ कम्पनीहरुको आइपीओ आउने क्रम जारी छ । भर्खर मात्र जीवन विकास लघुवित्तको शेयर खुलेको थियो भने आज बाट नयाँ कम्पनीको शेयर निष्कासन भएको छ । 

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आज (असार १७ गतेदेखि) साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । पछिल्लो समय आईपीओमा माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने र सबैलाई गोलाप्रथाबाट बाँडफाँड हुने भएकोले न्यूनतम कित्ताका लागि नै आवेदन दिदाँ उपयुक्त हुने जानकारहरुको भनाई छ ।

 

यो कम्पनीको शेयरमा केबल १० कित्ता आवेदन दिए पुग्छ । 

प्रतिक्रिया