काठमाण्डौ - साताको दोस्रो दिन नेप्से ४ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार ३०८५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज कारोबार अबधि भरीमा १० अर्व ९८ करोड बराबरको कारोबार भएको छ । २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ८६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
अरुण कावेली जलविद्युतको सबै भन्दा धेरै कारोबार हुँदा वीमा समूहका शेयर उपसूचकहरु नराम्रोसँग घटेका छन । लद्युवित्तको उपसूचक भने बढेको छ ।