धितोपत्र बोर्डमा अध्यक्ष चयन प्रक्रिया अघि बढ्यो,आइतबार अन्तरवार्ता

काठमाडौँ । पद खालि भएको ६ महिनापछि  नेपाल धितोपत्र बोर्ड को अध्यक्ष चयन प्रक्रिया अघि बढेको छ । यस अघि सर्टलिष्टमा परेकाहरुको आइतबार अन्तरवार्ता गर्ने तयारी रहेको छ । 

सेबोनको अध्यक्ष बन्ने दौडमा ५ जना छन् । यीमध्ये तीन जनाको नाम छनौट गरेर मन्त्रीपरिषद्को बैठकमा पेस हुन्छ । जसबाट १ जनाको नाम छानेर बोर्डको जिम्मेवारी दिइन्छ । अध्यक्षको दौडमा चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ छन् ।

राजनितिक स्वार्थका कारण लामो समय बोर्डमा  अध्यक्ष चयन हुन सकेको थिएन । जसले गर्दा ३ दर्जन भन्दा धेरै कम्पनीहरुको प्राथमिक पुँजी निष्कासन प्रक्रिया रोकिएको थियो । 

 अर्थ मन्त्रालयले आइतबार बिहान ९ बजेदेखि प्रतिस्पर्धीबिच अन्तरवार्ता सुरु गर्ने छ । राष्ट्रिय योजना आयोगको हलमा हुने अन्तरवार्ताबाट ३ जनाको नाम छानिने छ र मन्त्रीपरिषद्मा पेस हुनेछ ।

सो नामबाट सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले बोर्डको अध्यक्षबारे निर्णय गर्नेछ । यससँगै २०८० पुस २१ गतेदेखि खाली बनेको बोर्डको अध्यक्ष पदले पूर्णता पाउने भएको छ । 

प्रतिक्रिया