• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आजबाट नेप्सेले आफ्नो लय समाउँदै छ ?

काठमाण्डौ – एक वर्षको अवधिमा नेपाली शेयर बजारले ठूलो फड्को मार्यो । १५ सयको आसपास रहेको नेप्से ३१ सय विन्दु सम्म पुग्यो ।

नेप्से मात्र हैन कारोबार रकममा पनि निकै वृद्धि भयो । ३/४ अर्ब औषतमा कारोबार हुने गरेकोमा त्यो बढेर २० अर्ब नजिक पुग्यो । नेप्से ले पछिल्लो महिना नै सबै रेकर्ड तोड्यो र नयाँ उचाइ बनायो ।

यसै बीच धेरैले भनेका थिए नेप्से अब ५ हजार बिन्दुमा पुग्छ । यही अनुमानका बीच नियामक निकाय धितोपत्र बोर्डले ५१ चलखेल भएका कम्पनीको सूची सार्वजनिक गर्यो । जसले बजारलाई नराम्रो असर गरेको छ ।

सूची पछि लगातार घटेको शेयर बजारमा लगानीकर्ताले अर्बौ सम्पती गुमाएका छन् । यो क्रम कहिले सम्म रहन्छ त ? अहिले सबैको यही जिज्ञासा रहेको छ ।

केही जानकारहरूको भनाइ छ नेप्से २५ सय विन्दु सम्म झर्न सक्छ तर कतिले अब मंगलबारबाट बजार पुरानै लयमा फर्किने अनुमान छ ।

कारोबार रकम त्यति नघटे पनि नेप्से घटेको छ यसले लगानीकर्ता अझै पनि सक्रिय छन् भन्ने देखाउँछ त्यसैले बजार अब आफ्नो लयमा फर्किन्छ । नेप्से ले पनि पेनिक सेल नगर्न सबैलार्इ अनुरोध गरेको छ ।

निषेधाज्ञा खुलेर अन्य क्षेत्र चलायमान भएका कारण अब पुरानै अवस्थामा बजार नजाने धेरैको अनुमान छ ।

प्रतिक्रिया