काठमाण्डौ – एक वर्षकै अवधिमा १०० प्रतिशत बढेको नेप्से अब कुन बाटोमा जाला भन्ने धेरैको चासो र चिन्ता छ ।
निरन्तर उकालो लागेको नेप्से धितोपत्र बोर्डले निकालेको ५१ सूचीका कारण भने केही हचकिन पुग्यो । सूची आउँदाको भोलि पल्टनै अर्धसतक भन्दा धेरैले नेप्सेमा गिरावट आयो ।
कारोबार रकमले २० अर्बको आंकडा छोएको शेयर बजारले आफ्लो उच्चतम बिंदु ३ हजार माथि सम्म पुग्यो । अब भने शेयर बजार कता जाने हो भन्ने धेरैको चासो र जिज्ञासा छ ।
शेयर बजार अब ओरालो लाग्नुका केही कारण हुन सक्छन् ।
१. जस्तासुकै राजनीतिक आरोह अवरोह पचाएको शेयर बजारले यो पटक भने नियामक निकाए बाटै धोका पायो । नेपाल धितोपत्र बोर्डको सूचीले लगानी कर्ताको मनमा दीर्घकालीन असर गरेको जानकारहरूको भनाइ छ ।
यसो त गत सताक बिहीबार नेप्सेले लय समाउने देखिएको थियो तर लगानीकर्ताको मनमा भने दरको मनोभावना छ जसले गर्दा सेयर बजार अझ केही दिन घट्न सक्ने धेरैको अनुमान छ ।
२.शेयर बजार अब केही ओरालो लाग्छ भन्नेहरुको अर्को तर्फ छ यो हप्ता निषेधाज्ञा खुकुलो हुने र अन्य आर्थिक गतिविधि पनि चलाएमान् हुन सक्छन् त्यसले लगानी कर्तकै ध्यान अन्य ठाउँमा मोडिन सक्छ ।
अनलाईन प्रविधि मार्फत शेयर कारोबार हुने भएकोका कारण अब निषेधाज्ञा खुले पछि सबै कमाम्म व्यस्त हुने हुँदा कारोबार रकमको भोल्युम पनि घट्ने कतिको अनुमान छ ।
।
यसो त नेपालमा सक्रिय लगानीकर्ता दैनिक बढिरहेका छन भने शेयर प्रति धेरैको चासो पनि बढेको छ त्यसैले पनि केही कारणले गर्दा शेयर बजार घट्छ भन्ने गलत पनि हुन सक्छ । त्यो कुरा बजारले देखाउने नै छ ।