काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरिरहँदा उनका समर्थकहरुले व्यापक हुटिङ गरेका छन् ।
सभापतिको आसनबाट सम्बोधनका लागि देउवा उठेपछि नै उनका समर्थकले हुटिङ गर्न थालेका थिए । हुटिङको चर्को आवाजपछि सम्बोधनका लागि केही बेर कुरेका देउवाले हुटिङ नरोकिएपछि अन्ततः समर्थकलाई शान्त रहन आग्रह गरे ।
उनले सम्बोधन गर्दै पार्टीलाई अब तीनै तहको निर्वाचनमा विजयी बनाउने उद्घोष गरे ।देउवाको यस्तो उद्घोषपछि समर्थकहरुले फेरि हुटिङ गरे । उनले आगामी निर्वाचनमा काँग्रेस विजयी हुने र तीनै तहमा काँग्रेसको सरकार बन्ने दाबी गरे । त्यसका लागि आफूलाई फेरि एक पटक पार्टी नेतृत्वको जिम्मेवारी दिन उनले कार्यकर्तालाई आग्रह गरे ।