• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

लगानीकर्तालाई खुसीको खबर - मेरो शेयर पासवर्ड आफैले रिसेट गर्न मिल्ने

काठमाण्डौ - सबैले लामो समयदेखि माग गर्दै आएको विषयमा सरोकारवालाको ध्यान पुगेको छ । 

 

आज देखि सीडीएससीले मेरो सेयरमा अब लगानीकर्ता आफैंले पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको छ । शुक्रवारदेखि सीडीएससीले मेरो सेयरमा लगानीकर्ता स्वयंले मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको हो । यसका लागि लगानीकर्ताले मेरो सेयरको लगइन पेसमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् । 

 

यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सकिने सीडीएससीको भनाई छ । यसअघि मेरो सेयर प्रयोगकर्ताले पासवर्ड बिर्सिएमा सेवा पुनः सञ्चालन गर्नका लागि सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्थालाई सहज बनाउन सीडीएससीले मेरो सेयरमा नयाँ फिचर थपेको हो । 

 

प्रतिक्रिया