तीनकुने घटनाः ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (सूचिसहित)

काठमाडौं — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दामा संलग्न ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट बिहीबार राति करिब सवा १२ बजेतिर आदेश जारी भएको हो।

अदालतको आदेशपछि काठमाडौं प्रहरी परिसरले सोहीअनुसार कार्यान्वयन अघि बढाएको छ। आदेश लेखनमा सहभागी शाखा अधिकृत बालाजी प्रसाद पाण्डेका अनुसार, आदेश १५५ पृष्ठ लामो रहेको छ। धेरै प्रतिवादी र एउटै मुद्दा भएकाले आदेश लेख्न समय लागेको उनले जानकारी दिए।

तीनकुने घटनामा संलग्न राप्रपाका सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबारे भने आदेशमा केही उल्लेख गरिएको छैन। अदालतमा उपस्थित नभएको भन्दै उनीहरूलाई फरार प्रतिवादीको सूचीमा राखिएको छ। अदालतले पहिल्यै उनीहरूका लागि पक्राउ पूर्जी जारी गरिसकेको छ।

साँझ ५ बजेतिर थुनछेक बहस सकिए पनि आदेश सार्वजनिक राति मात्रै भएको थियो। आदेश आउनुअघि अदालत परिसरमा दुर्गा प्रसाईंका समर्थक, आफन्त, प्रहरी र सञ्चारकर्मीको भिड लागेको थियो। भारतबाट पक्राउ परेका प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

क्र.सं. प्रतिवादीको नाम कैफियत
1 दुर्गा प्रसाद प्रसाई थुनामा
2 हरिहर सुवालाइ धरौटी १ लाख
3 ताराराजवादी भन्ने सरोज गौतम थुनामा
4 अनुप राजबादी भन्ने गोकर्ण शाही थुनामा
5 ढुडुपानी रेग्मी थुनामा
6 सन्तोष राजबादी भन्ने सन्तोष कुमार सिलवाल धरौटी १ लाख
7 निम भन्ने हेमराज थारु धरौटी १ लाख
8 गोपाल मल्ल ठकुरी धरौटी २० हजार
9 पशुपति खड्का धरौटी २० हजार
10 विष्णु पराजुली धरौटी २० हजार
11 पुष्कर खतिवडा धरौटी २० हजार
12 सुनिन्द्र राजभण्डारी धरौटी २० हजार
13 कुमार बस्नेत धरौटी १० हजार
14 अनिल कुमार थापा धरौटी १० हजार
15 गोपाल बोहोरा भन्ने तारणाथ बोहोरा धरौटी १० हजार
16 दानबहादुर न्यौपाने धरौटी १० हजार
17 उर्मिला तामाङ धरौटी १० हजार
18 भागरथ पौडेल धरौटी १० हजार
19 विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेत धरौटी १ लाख
20 देवी प्रसाद संग्रौला धरौटी १० हजार
21 प्रेम थापा मगर धरौटी १० हजार
22 ओम प्रकाश पुडासैनी धरौटी १० हजार
23 तेजेन्द्र रामाजी धरौटी १० हजार
24 मनबहादुर कार्की धरौटी २० हजार
25 निराजन कुमार मिरी धरौटी ५० हजार
26 प्रेमबहादुर श्रेष्ठ धरौटी ५० हजार
27 सुसिल बराल थुनामा
28 रेशम राई धरौटी २० हजार
29 दिवश चौधरी क्षेत्री धरौटी १० हजार
30 दिलकुमार श्रेष्ठ धरौटी १० हजार
31 कमल कुमार बिष्ट धरौटी २० हजार
32 लोकबहादुर बस्नेत धरौटी २० हजार
33 दिनेन्द्र खड्का धरौटी ५० हजार
34 केशव बस्नेत थुनामा
35 अमित शाह धरौटी ५० हजार
36 सुमन कार्की धरौटी १० हजार
37 कुमार तामाङ थुनामा
38 जितबहादुर श्रेष्ठ धरौटी ५० हजार
39 मनोजकुमार सापकोटा धरौटी १० हजार

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय