काठमाण्डौ – मंगलबार धितोपत्र बोर्डको सूचना प्रति अर्थमन्त्रालयले चासो व्यक्त गरेको छ ।
बोर्डको ५१ कम्पनीको सुचिपछि बुधबार शेयर बजार नराम्रोसंग प्रभावित भएको थियो । योसंगै अर्थमन्त्रालयले चासो दिएको हो ।
स्वतन्त्र बजारलाई बोर्डले हस्तक्षेप गर्नु दुःखद भएको अर्थमन्त्रालयले जनाएको छ । साथै अबका दिनमा यस्ता काम नगर्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।
हिजो पत्रकारहरुसँग कुरा गर्दै मन्त्रालयले शेयर बजारमा नजिकबाट नियालिरहेको बताएको छ । शेयर बजार घटाउने गरि कसैबाट कुनै काम नगर्न समेत मन्त्रलायले ध्यानाकर्षण गराएको छ ।
धितोपत्र बोर्डले शेयरमा चलखेल भएको भन्दै हचुवाको भरमा ५१ कम्पनीको नामावली सार्वजनिक गरेको थियो ।
यसको प्रभावले बुधबार मात्र लगानीकर्ताले अर्बौं गुमाएका छन् भने आफ्नो लयमा रहेको शेयर बजार ५४ अंकले घटेको छ ।