काठमाडौं – अग्रणी बैंक नविल बैंकको सेवा ३ दिन अवरुद्ध हुने भएको छ ।
आज बैंकले एक सुचना जारी गर्दै कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा ३ दिन बन्द रहने जनाएको छ ।
बैंकले असार ४ गते शुक्रबार दिउसो ४ बजेदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म सेवा बन्द हुने बताएको छ ।
यस अवधिमा बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, एटीएम कार्ड (क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा प्रभावित हुनेछन् ।