• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आउने पक्का

काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिव ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज (जेठ ३१ गते, सोमबार) कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएकाे छ ।

सभाले धिताेपत्र दर्ता गरी सर्वसाधारणलाई प्रारम्भिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्तावलाई पारित गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्दैछ । आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने, कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया