बैंकमा तरलता उत्साहजनक रूपले बढ्यो,सीडी रेडियो ९० तल आँउदा शेयर बजारलाई कस्तो प्रभाव पार्ला ?

काठमाण्डौ – बैंकमा देखिएको ब्यापक तरलता अभाव केही सहज हुने देखिएको छ ।  बैंकहरू व्यवस्थापन गर्नु पर्ने बचत लगानी अनुपात (CD Ratio)  पनि अहिले ९० भन्दा तल आएको छ । 

विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर्न सक्दैनन् । अर्थात सीडी रेडियो ९० भन्दा माथि जानु हुँदैन । 

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार बचत तथा लगानी अनुपात ८९.२६ प्रतिशत छ भने त्यो भन्दा अगाडि ८९.३७ प्रतिशत थियो । 

यो अवधिमा बैंकहरूले ५ अर्ब बचत संकलन गर्दा लगानी भने १ अर्ब मात्र भएको छ । 

तरलताको शेयर बजारमा कस्तो प्रभाव ?
पछिल्लो समय तरलता समस्याको प्रत्यक्ष असर शेयर बजारमा परेको बुझाई धेरैको छ । बैंकमा लगानी योग्य पैसा नहुँदा कर्जा प्रभाव हुन सकेको थिएन । जसले गर्दा शेयर धितो कर्जा पनि घटिरहेको थियो । 

तरलता सहज भएसँगै शेयर बजारमा पनि सकारात्मक प्रभाव पार्ने धेरैको बुझाइ छ । गत वर्षको मौद्रिक नीतिबाट राष्ट बैंकले शेयर धितो कर्जामा कडाइ गरेसँगै शेयर बजार ओरालो लागेको छ । 

प्रतिक्रिया