काठमाण्डौ – नेपाली शेयर बजारले नयाँ नयाँ कीर्तिमानी बनाइरहेको छ ।
आईतबार अहिले सम्मकै उच्च बिन्दुमा पुगेको बजारले २० अर्ब नजिकको कारोबार बनाएर नयाँ उचाइ चिकेको छ । आज सोमबार बजार ३ विन्दु माथि जाने निश्चित छ ।
धेरैलाई आईतबार निप्से कता जाने हो भन्ने पिरलो थियो कारण हिजो देखि शेयर खरिद बिक्रीमा AON विकल्प हटेको थियो । तर यस्ता सामान्य कुरा बजारले अब राम्रो सँग सहन सक्ने भइसकेको छ ।
अहिले नेपाली शेयर बजारमा २० प्रतिशत कारोबार विदेशबाट भइरहेको अनुमान छ यसरी हेर्दा नेप्सेमा धेरैको चासो र आकर्षण रहेको छ ।
शेयर खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागेको बेला नेपाली सेयर बजारले यही वर्ष ५ हजार विन्दु छुने र २५ अर्ब कारोबार हुन सक्ने धेरैको अनुमान छ ।
आईतबार मात्र ४ दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने १९ अर्ब ५६ करोडको कारोबार भएको छ । यो अहिले सम्मकै उच्च कारोबार हो ।
आज प्रि ओपन सेसनमा नेप्से ३ हजार माथि पुग्ने छ । Yo विन्दु एक वर्षको अवधिमा सत प्रतिशत बढेको विन्दु हो ।