• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आजबाट शेयर किनबेचमा AON विकल्प हट्ने,बजारलाई कस्तो असर पर्ला ?

काठमाण्डौ – शेयर बजारले उचाई कायम गरेसँगै नियामक निकाय यस क्षेत्रमा रहेका विकृत हटाउन लागिपरेका छन् ।

नेपाली शेयर बजार केही व्यक्तिको हातमा छ भन्ने हल्ला पनि चल्ने गरेको छ । बजार बढाउनु र घटाउनुमा केही पात्रहरूको भुमिका रहेको धेरैको अनुमान छ । यही एउटा विकृत हटाउनको लागि आजदेखि AON विकल्प हट्दै छ । यसले केही हद सम्म भएपनि शेयर बजारलाई नियमन गर्ने धेरैको बुझाइ छ ।

के हो त AON ?
शेयर खरिद बिक्री गर्दा All Or Not भन्ने एउटा विकल्न हुन्छ । यसमा किन्न चाहेको मूल्यमा तोकिएको कित्ता शेयर पायो भने मात्र खरिद म्याच हुनु अन्यथा खरिद नहुनु विकल्प हो । आफूले चाहेको मूल्यमा चाहे जति कित्ता सेयर खरिद गर्न यो विकल्प ठीक थियो । अब आफूले चाहे जाती कित्ता हैन् अर्डर पोस्ट गरेपछि पाइएजती लिनु पर्ने हुन्छ ।

यसले गर्दा ठूलो खरिद चाप देखाएर मूल्य बढाउने चलखेल भइरहेको थियो । यो विकल्प हटेसँगै मूल्य बढ्ने र घट्ने प्रकिया पारदर्शी हुने छ । यो विकल्प आजबाट हटाउन लागिएको छ ।

यो विषयमा धेरैले आफ्न प्रतिक्रियाका छन् । कतिपयले यसलाई बजार घटाउने मेसो भनेका छन् भने कतिले सकारात्म भएको बताउँछन् ।

जस्तो सुकै वातावरण पनि पचाएर अगाडि बढेको शेयर बजारले यो नियमलाई कसरी प्रतिक्रिया दिने छ त्यो भने आज पक्कै थाहा हुने छ ।

प्रतिक्रिया