तीन "स" हरुको एउटै तीज गीत,यो पटक माइतमा रमाइलो हुँदै - भिडियो सहित

काठमाण्डौ । शर्मिला गुरुङ,शिला आले र सकुन्तला थापाको तीज गीत दर्के पानी भर्खर मात्र सार्वजनिक भएको छ । 

अग्रज र नयाँ कलाकारहरुको समेत अवाज रहेको सो गीत सार्वजनिक भएको छोटो समयमै उत्कृष्ट गीत भन्ने उपाधी पाएको छ । 

हिन्दु महिला हरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकार हरु लाई तिज गीत को तछडमछड भएको छ लकडाउन खुकुलो भए संगै स्टुडियो मा तिज गीत गाउनी र रेकर्डिङ गराउनी घ्यूईचो समेत लागेको छ ।

यसै सन्दर्भमा कला सास्कृति मासिदै गएको बेला ईनेपाल रोधिघरको प्रस्तुतिमा मौलिक गित संगीतकी बादशाह शर्मिला गुरुङ,शिला आले,शकुन्तला थापा,शिव हमाल र लोकप्रिय गायक सर्जक तथा कुशल सञ्चालक बाल कुमार श्रेष्ठको स्वर सर्जक शिव हमालको शब्द संगितमा तिज बिशेष गीत “दर्के पानि” सार्वजनिक भएको छ ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियो दिपक गिरीले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा शर्मिला गुरुङ,शिला आले,शकुन्तला थापा,शिव हमाल,गणेश खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

इनेपाल रोधीघरको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । लामो समय पछि एकै साथ तिज गीत मा देखा परेका चर्चित गायिका हरुले गाएको सो तिज गीत निकै उत्कृष्ट बनेको छ । 

हेर्नुहोस भिडियो 

 

प्रतिक्रिया