प्रभु टिभी र डिसहोम एक भए,अब ग्राहकले गुणस्तरीय सेवा पाउने

काठमाण्डौ – टेलिभिजन प्रसारण गर्ने कम्पनी डिसहोम र प्रभु टिभी एक हुने भएका छन् । उनीहरू बीच एक हुने प्रकिया समेत निकै अगाडि बढिसकेको छ ।

दुवै कम्पनी तार रहित टिभी प्रसारण गर्ने संस्था हुन तर पछिल्लो समय इन्टरनेट व्यवसायमा समेत हात हालेको हुँदा उनीहरू एक भएका हुन ।

प्रभु टिभिले केही वर्ष पहिले देखिबाट मुख्य सहर केन्द्रित भएर टिभी सेवा सुरु गरेको थियो भने डिस होमले भने एक दशक भन्दा पहिलाबाट आफ्नो सेवा सञ्चालन गर्दै आइरहेको छ ।

यी दुई कम्पनी बीच एकता भएपछि ग्राहक हरुलाई पनि एक बनाउने काम भइरहेको कम्पनीले जनाएको छ । केही प्रभु टिभीका ग्राहकलाई डिसहोममा रूपान्तरण गर्ने काम भइसकेको र निषेधाज्ञा हट्दा साथ यो अभियान अझ व्यापक हुने कम्पनीले जनाएको छ ।

प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचनको डिशहोममा समेत लगानी रहेको छ । भट्टचनको डिशहोममा लगानी रहेकाले यसलाई स्वभाविक नै मान्न सकिने उनले बताए ।

प्रतिक्रिया