निफ्राका कार्यकारी अधिकृतको तवर एक करोड भन्दामाथि

काठमाडौं । नेपाली शेयर बजारमा क्रान्ति ल्याउने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य अहिले भने घटिरहेको छ तर यो कम्पनीले धेरैलाई शेयर धनि बनाउन सफल भएको थियो । 
  
 त्यहि कम्पनकिो प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक एक करोड २१ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ।

बैंकले पोहोर यो रकम भुक्तानी गरेको हो। अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा छन्। यद्यपि उनी गत वर्षको पुसमा नियुक्त भएका हुन्। त्यसैले यो सबै तलब सुविधा उनले पाएका होइनन्। अनिल ज्ञवाली त्यसअघि प्रमुख कार्यकारी अधिकृत थिए। 

बैंकले तत्कालिन नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई ८२ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरेको छ। पाण्डेले केही दिनअघि मात्र निफ्रा छाडिसकेका छन्। बैंकले नायब महाप्रबन्धकहरुलाई कुल एक करोड १४ लाख १६ हजार रुपैयाँ भुक्तानी गरेको छ।

प्रतिक्रिया