काठमाडौ – नेपाल धितोपत्र वोर्ड ले मङ्गलबार बेलुकी एउटा विज्ञप्ति सार्वजनिक गरेसँगै सबैको ध्यााकर्षण भएको छ ।
नेपाली शेयर बजारमा दैनिक नयाँ कृतिमान बनाएका बेला यो विज्ञप्ति आउनु बजार नियन्त्रण गर्न त हैन भन्नेहरू पनि धेरै छन् ।
जानकारहरुले भने सो विज्ञप्ति लगानीकर्ता मैत्री रहेको बताएका छैन । बजार बढेसँगै जोखिम पनि बढ्ने भएको हुँदा कम्पनी मूल्यांकन गरि लगानी गर्नुपर्ने बोर्डको भनाइ सकारात्मक रहेको लगानीकर्ताहरुको बुझाइ छ ।
पछिल्लो समय शेयर बजारमा भइरहेका गलत क्रियाकलापहरू नियन्त्रमा बोर्डले चासो दिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।