शेयर बजारमा २८ अर्ब ८३ करोडको कारोबार, नेप्से ३४ अंकले घट्यो

काठमाडौं– भदौ महिनाको पहिलो कारोबारको दिन शेयर बजारमा भारी गिरावट आएको छ। आइतबार नेप्से सूचक ३४.४७ अंकले घटेर २९६६ मा पुगेको छ। यसअघि साउन महिनाको अन्तिम कारोबारको दिन नेप्से सूचक ३ हजार विन्दुमा थियो।

आजको कारोबारमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ। कुल ३३० कम्पनीका ६ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

वाणिज्य बैंक समूहको शेयर मूल्य आज ०.८४ प्रतिशतले बढेको छ। यस्तै, जीवन बीमा, म्युचुअल फन्ड, र निर्जीवन बीमा कम्पनीहरूको शेयरमा पनि सामान्य वृद्धि देखिएको छ। तर, अन्य सबै समूहका शेयर मूल्य घटेका छन्। सबैभन्दा बढी गिरावट होटल एण्ड टुरिजम समूहको शेयरमा आएको छ, जसमा ४.४९ प्रतिशतको कमी आएको छ।

आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्सको शेयर सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया