• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

छोटो अवधिका लागि लगानी गर्दा मालामाल- विकास बैंक र फाइनान्सका लगानीकर्ता खुसी

काठमाण्डौ – एक महिनाको अवधिमा जलविद्युत,विकास बैंक र फाइनान्स मा लगानीबाट शेयर धनीहरुले राम्राे मुनाफा कमाउन सफल भएका छन् ।

एक महिनाको अवधिमा नेप्सेमा अहिले सम्मको उच्च बिन्दुमा पुगेको बेला छोटो अवधिमा लगानी गर्नेहरूले राम्रो नाफा गर्न सफल भएका छन् ।

यो सेक्टर को मूल्य ३० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । उतार चढाव भइरहने यो क्षेत्रमा जलविद्युतका लगानीकर्ता भने अहिले निरास छन् । केही समय निरन्तर उकालो लागेको यो समुह अहिले भने सामान्य करेकसन् भएको छ ।

आईतबार र सोमबार पनि नेप्सेमा यी समूहको शेयर मूल्यमा लगानीकर्ता निकै आकर्षित भएको देखिएको थियो ।

जानकारहरुका अनुसार छोटो समयका लागि ठूला लगानीकर्ता शेयर बजारमा प्रवेश गरेका कारण अहिले बजारमा हलचल आएको छ । यो अवस्था अझ लामो समय सम्म रहने छ ।

प्रतिक्रिया