• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

बजारमा उत्साह कायमै,२९ अंकले नेप्से बढेर अहिले सम्मकै उच्च विन्दुमा

काठमाण्डौ - साताको तेस्रो दिन नेप्से २९ अंकले बढेर समग्र बजार ३०८० विन्दुमा पुगेको छ । यो अहिले सम्मकै उच्च विन्दु हो । 

नेपाल राष्टकैको सोमवारको सर्कुलेसन पछि लद्युवित्तको शेयर मूल्य भने घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि १५ अर्व माथि पुगेको छ । 

दिनैभरि २२५  कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । जसमा ११० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६७  कम्पनीको शेयर मुल्य भने घटेको छ । साथै ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । 

बैक,होटल र माइक्रो बाहेक अरु सबै उपसूचक बढेका छन । जलविद्युतका लगानीकर्ताहरु आज मालामाल भएका छन भने सर्पोट लद्युवित्तको शेयर  मूल्य सबै भन्दा धेरै घटेको छ । एक लाख ४१ हजार भन्दा धेरै कित्ता शेयरको खरिद विक्रि हुँदा एनआईसी एसिया बैकको शेय सबै भन्दा धेरै खरिदविक्री भएको छ । 

प्रतिक्रिया