काठमाडौं – बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न बीमा संस्थान लचक भएसँगै धेरै कम्पनीहरु शेयर निष्कासन गर्न हौसिएका छन् ।
यसै बीच युनाइटेड इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
शेयर निष्काशनको लागि आवश्यक प्रक्रिया पूरा गरी बीमा समितिमा निवेदन दिने कम्पनीले जानकारी दिएको छ ।
यसैगरी, आगामी दिनमा लाभांश वितरण गर्दा बोनस सेयरलाई प्राथमिकता दिने निर्णय समेत भएको ती संचालकले जानकारी दिए । उनका अनुसार हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड रुपैयाँमा सीमित छ । यसलाई आगामी आर्थिक वर्षको अन्तसम्ममा २ अर्ब रुपैयाँसम्म पुर्याउनुपर्ने विषयमा समेत संचालकहरु सहमत भएका छन् ।
पछिल्लो समय बीमा समितिले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई समेत हकप्रद निश्कासनको अनुमति दिइसकेको छ । नयाँ कम्पनी भएका कारण अजोड इन्स्योरेन्सलाई भने हकप्रद निश्कासनमा रोक लगाइएको थियो ।