कोरोना संक्रमण भन्दा निको हुने धेरै,यस्तो छ आजको अपडेट

बितेको २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना पुगेको छ।  

यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै १९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  



प्रतिक्रिया